राजनीति
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार २ हजार ९ सयले घटेको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।