राजनीति
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २ सय कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार ४९० रुपैयाँ कायम भएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० कायम भएको थियो भने चाँदी ३ हजार ३४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औंस सुन चार हजार १७५ र त्यति नै चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।