logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • राजनीति
  • सोमबार, मंसिर २३ २०८२

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर २२ गते अन्तिम दिन रहेको छ।

लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले पुस ७ गते, सोमबार, अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा बिहान साढे १० बजे २१ औं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार