राजनीति
सुनको मुल्या एकैदनि १४ हजार ६ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा केही दिन यता लगातार घट्दै आएको सुनको मुल्य बुधवार (आज) ह्वातै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला २ लाख ७३ हजार ९ सयामा कारोबार भएको थियो ।
त्यस्तै चाँदी प्रतितोला ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।