राजनीति
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैठकले शुक्रबार सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेप्से यस दिन बन्द गरेर शुक्रबार कारोबार खुल्ने भएको हो । आइतबारका सट्टा शुक्रबार खोल्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
यस अघि शुक्रबार सेयर कारोबार बन्द हुने गरेको थियो । साताको पाँचदिन आइतबारदेखि बिहिवार सम्म कारोबार हुँदै आएको नेप्से अब सोमबारदेखि शुक्रबार सम्म कारोबार हुने भएको छ ।
सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।