logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एनपीएलबाट क्यानलाई ९ करोड २१ लाख नाफा


  • राजनीति
  • सोमबार, चैत्र २३ २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनबाट नेपाल क्रिकेट संघ (क्यान) ले ९ करोड २१ लाख भन्दा बढी रुपैयाँ नाफा गरेको छ ।

सोमबार केन्द्रीय कार्यालय मुलपानीमा बसेको बैठकपछि क्यानले एक प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको विवरण अनुसार एनपीएलको कुल आम्दानी ४७ करोड ३६ लाख रहेको छ भने कुल खर्च २१ करोड ९६ लाख ५ हजार रहेको छ ।

आम्दानी र खर्चको अन्तर २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५ सय आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ । यो वितरणपछि क्यानलाई ९ करोड २१ लाख २१ हजार ९ सय ३५ रुपैयाँ नाफा भएको हो ।

त्यस्तै क्यानले आईसीसीबाट आफूलाई प्राप्त हुने वार्षिक अनुदानबाट ५ लाख डलर महिला क्रिकेटको विकासका लागि खर्च गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार