राजनीति
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन सुन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।