राजनीति
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मुल्य प्रतितोला ८ सय र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो तीन लाख एक हजार ३ सय रुप्रयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।