राजनीति
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुन प्रतितोला तीन लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी तोलमा एक सय रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारबोर भैरहेको छ ।