logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध ७५ करोडको मुद्दा दायर


  • राजनीति
  • सोमबार, मंसिर २४ २०७५

काठमाडौं– राजस्व अनुसन्धान विभागले सामान पास गर्ने रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले ती अभियुक्तविरुद्ध करिब ७५ करोड रुपैयाँ मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो।

विभागले रसुवा भन्सारका तत्कालीन भन्सार प्रमुख
पवित्रकुमार खड्का र नायव सुब्बा  धिरजकुमार थापा  तथा मितेरी इन्टरनेसनलका प्रोपाइटर  सुमन श्रेष्ठ तथा सामानधन रञ्जन त्रिपाठी लाई मुख्य अभियुक्त बनाई मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध जरिवानासहित जनही १५ करोड रुपैयाँ बिगो र ३ वर्ष कैद मागदाबी गरिएको छ।

त्यस्तै, दुई जनालाई मतियारका रुपमा मुद्दा दायर गरिएको छ। जसमा लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र गाडी चालक डम्बरबहादुर श्रेष्ठ छन्। उनीहरू दुवैविरुद्ध जनही ७ करोड ५९ लाख रुपैयाँ बिगो र डेढ वर्ष कैद मागदाबी गरिएको छ।

यी सबैको ‘सेटिङ’ मा गत १८ साउनमा रसुवाबाट पास भएको एक ट्रक सामान विभागले नियन्त्रणमा लिएको थियो। उक्त घटनामा विभागले अनुसन्धान अघि बढाएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार