राजनीति
दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको जुत्ता चप्पलको होलसेल पसल अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ ।
आगलागी हुँदा होलसेल पसल पूर्णरुपमा क्षति भैइ करिब ५ करोडको क्षती भएको ट्रेडर्सका सञ्चालक भिम घिमिरेले जानकारी दिनुभएको छ ।
उनीहरुले शुक्रबार बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । आगलागी कसरी भयो भन्नेबारे जानकारी आएको छैन । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।