राजनीति
आजदेखि तीन महिना सडक खन्न नपाइने भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गते (आज) देखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।
वर्षा याममा धारा, ढल, बिजुली, टेलीफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले यस समयमा सडक खन्न रोक लगाइएको कार्यालयले जनाएको छ ।
“सडक पनि थप बिग्रीदै जाने भएकाले यही असार १ गतेदेखि भदौ मसान्त सम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिने र कसैले जबरजस्ती खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने,” सूचनामा उल्लेख गरिएको छ ।