logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

नारायणगढ-मुग्लिन सडक पुनः अबरुद्ध


  • राजनीति
  • शनिबार, असार १६ २०८०

नारायणगढ-मुग्लिन सडक पुनः अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालीका- ५ स्थित तुइनखोला नजिकै फेरी पहिरो खसेपछी सडक अबरुद्ध बनेको हो ।

आज बिहान ११:३५ बजे पहिरो खसेपछि दुइतर्फि रुपमै सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले पहिरो पन्छाउने कार्य भैरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहिवार दिउँसो पनि सोही ठाउमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो ।

पहिरो झरेर सडक अबरुद्ध भैरहने हुनाले उक्त स्थानमा अपरेटर सहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार