logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

सेफ्टी ट्याङ्कीमा फसेर कञ्चनपुरमा हात्तीको मृत्यु


  • राजनीति
  • बिहिबार, साउन ३२ २०८०

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाटा नगरपालिका- ७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेको अवस्थामा हात्ती मृत अवस्था फेला परेको हो ।

हात्तीको पछाडिको शरीर सेफ्टी ट्याङ्कीमा परेको अवस्थामा मृत फेला परेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोर कुमार मेहताले जानकारी दिए ।

मृत भेटिएको हात्तीलाई सेफ्टी ट्याङ्कीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने प्रमुख मेहताले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार