logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

चीन जाने एमाले नेताहरुको जम्बो टोली


  • राजनीति
  • शुक्रबार, असार ८ २०८१

एमाले उपमहासचिवको नेतृत्वमा ३० सदस्यीय टोली छिमेकी मुलुक चीन जान लागेको छ । उपमहासचिव विष्णु रिमालको नेतृत्वमा जाने टोलीको भीसा र टिकेटिङ्ग भैसकेको छ ।

टोलीमा सहभागी एक सदस्यका अनुसार अबको तीन चार दिनभित्र रिमाल नेतृत्वको यो टोली बेइजिङ्ग प्रस्थान गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा पोहोर महासचिव शंकर पोखरेलले यस्तै टोलीलाई लिएर गएका थिए । यस पटक भने उपमहासचिवको नेतृत्वमा जान लागेको हो ।

प्राप्त विवरणअनुसार टोलीमा स्थायी समिति सदस्य भानुभक्त ढकाल, बाजुराका जिल्ला अध्यक्ष तथा सांसद लालबहादुर थापा,मधेश प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डल र त्यहाँकी उपसचिव आरती भण्डारी छन् ।

त्यसैगरी काभ्रेपलाञ्चोक जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष राजन भुर्तेल,गुल्मीका बालचन्द्र काउछा,किसान महासंघका अध्यक्ष प्रेम दंगाल, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ,तेह्रथुमका विदुर सुब्बा,पेशागत महासंघकी इञ्चार्ज तथा महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य,अखिल नेपाल महिला संघकी महासचिव पेम्बा लामा र काभ्रेबाट युवा संघका केन्द्रीय सदस्य अमित लामासहित ३० छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार