राजनीति
श्रमिक कम्युनिस्ट पार्टी नेपालका संयोजक पूर्ण बहादुर सिंह ‘समरजङ्ग’ले नेपाली कम्युनिस्ट आन्दोलनमा रुढीबादी, कट्टरतावादी, नवसंसोधनवादी, संसदवादी धारा क्रान्तिकारी धारा र प्रवृत्तिबीच भीषण संघर्ष चलिरहेको बताएकाछन । राजधानी काठमाडौमा आयोजित ‘ नेपालको कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको प्रश्न’ बिषयक विचार गोष्ठीमा बोल्दै उक्त धारणा राखेकाहुन । इतिहासमा चीनमा जापानी साम्राज्यवादीहरुले ‘ चिनियाँहरुलाइ दास बनाउन चिनियाँहरुलाइ नै प्रयोग गर्ने’ अपराधपुर्ण निति अपनाए जस्तै नव-औपनिवेशिक पुजीवादले ‘कम्युनिस्टका बिरुद्ध कम्युनिस्ट ‘ , ‘रातो झण्डा विरुद्ध रातो झण्डा’ र समाजवादको विरुद्ध समाजवादको नितिमा आफ्ना दलालहरुको परिचालन र प्रयोग गरेको तर्फ सचेत गराएकाछन । उनले बैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशाले मात्र नव औपनिवेशिक पुजीवादी दलाल संसदिय व्यवस्था र विश्वसाम्राज्यवादको समाधान दिन सक्ने तर्क गरेकाछन ।

उक्त गाेष्ठीमा अन्तर्राष्ट्रिय मामिलाका जानाकार तथा रुसका लागि नेपाली पुर्व राजदुत हिरण्यलाल श्रेष्ठ, वामपन्थी बिश्लेषक एव अभियानका संयोजक श्याम श्रेष्ठ ,नेकपा एमालेका केन्द्रीय सदस्य तथा चिनका लागि नेपाली पुर्व राजदूत टंक कार्की र राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी लगाएत विभिन्न राजनीतिदलका प्रतिनिधिहरुको सहभागीता रहेकोथियो ।
गोष्ठीमा सहभागी वक्ताहरूले कम्युनिस्ट कार्यदिशाले जनताको जिवनलाइ सम्बोधन गर्नसक्नुपर्नेमा जोड दिएकाथिए । कम्युनिस्ट कार्यदिशा केवल अक्षरको खेती हुननहुने भन्दै आफैमा गहिरो बोध सहित कार्यदिशा निर्माण गर्नुपर्ने बताएका थिए । कार्यदिशा कसैको नक्कल गर्ने बिषय नभएकोले वास्तविक उत्पीडित वर्गका मुक्तिसग गासिएको हुनुपर्ने सुझाव दिएका थिए ।

श्रमिक कम्युनिस्ट पार्टीका संयाेजक पुर्ण बहादुर सिंह ‘समरगङ्ग’ द्धारा प्रस्तुत गरिएको ११ पृष्ठको अवधारणापत्रमा अतिथि वक्ताहरुले टिप्पणी गरेकाथिए । गाेष्ठीमा श्रमीक कम्युनिस्ट पार्टीका राष्ट्रिय सम्मेलन आयाेजक समिति सदस्य आकाशले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सहजीकरण अबिरामले गरेका थिए । गाेष्ठीमा श्रमिक कम्युनिस्ट पार्टीका केन्द्रिय नेताहरु तथा विभिन्न जवसका नेता कार्यकर्ता सहभागी बनेका थिए ।