logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक बोलाइयो


  • राजनीति
  • बिहिबार, कार्तिक २९ २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ ।

मंसिर २ गते आइतबारका लागि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको हो । उक्त बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणको विषयमा छलफल गर्नेगरी कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग उठाउनुपर्ने एजेण्डासहितका समग्र विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली डिसेम्बर पहिलो साता चीन भ्रमणमा जाने तयारीमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार