राजनीति
काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो नागढुङ्गामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।
शनिबार काठमाडौंबाट चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुङ्गा चेकप्वाइन्ट नजिकै पिप्लामोडमा दुर्घटना भएको उपत्यका ट्राफिक कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।
गिरीका अनुसार उक्त माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा थप उचारका लागि ल्याइएको छ ।
घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।