logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पूर्व राष्ट्रपतिको निम्तो प्रधानमन्त्रीद्वारा अस्वीकार


  • राजनीति
  • बिहिबार, भाद्र ५ २०८२

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गर्नुभएको छ। मदन भण्डारी हीरक जयन्ती मूल समारोह समितिको कार्यालय उद्घाटनका लागि फाउन्डेसनको तर्फबाट निम्तो गरिएको भए पनि उहाँले सहभागी नहुने बताउनुभएको हो।

फाउन्डेसनले सुरु गर्न लागेको कार्यालय पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयका रूपमा पनि सञ्चालन गरिनेछ। आयोजकको चाहना भने प्रधानमन्त्री ओलीकै हातबाट उद्घाटन गराउने थियो।

तर, ओलीले समय नमिल्ने भन्दै निम्तो नपठाउन सन्देश पठाउनुभएको फाउन्डेसन निकट स्रोतले जानकारी दिएको छ। समितिका संयोजक डोरमणि पौडेलले औपचारिक निम्तो दिन समय खोजे पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभएको जनाइएको छ। त्यसपछि अब कार्यालय पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने तयारी गरिएको छ।

यसअघि भने प्रधानमन्त्री ओलीले मदन भण्डारी हीरक जयन्ती समारोहमा भने सहभागी हुने जानकारी गराइसक्नुभएको थियो।

आजको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार