logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

ओलीले पुनर्गठनको बहस चलाउनेलाई कारबाही गर्ने चेतावनी


  • राजनीति
  • बिहिबार, जेष्ठ ७ २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको बहस चलाउनेहरूलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्।

सोमबार बसेको सचिवालय बैठकमा करिब एक घन्टा बोल्दै ओलीले पार्टी र नेतृत्व संकटमा परेको बेला पुनर्गठनको बहसले अराजकता निम्त्याएको भन्दै त्यसमा संलग्न सबैलाई कारबाही गर्ने बताएको एक पदाधिकारीले जानकारी दिए।

ओलीले सचिवालय तहका कुनै नेताको नाम लिएनन् तर उनको आक्रोश उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई र नेता सुरेन्द्र पाण्डेतर्फ लक्षित रहेको स्रोतले बताएको छ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोगेपछि संस्थापन पक्षकै नेताहरूले पुनर्गठनको माग उठाउँदै आएका छन्। पौडेल, पृथ्वी सुब्बा गुरुङ र महासचिव शंकर पोखरेलसम्म पुनर्गठनको पक्षमा देखिएपछि ओली क्रुद्ध बनेका हुन्।

बैठकमा उपमहासचिव भट्टराईले ‘अब तपाईंले के जित्नुपर्छ?’ भन्दै ओलीको धारणाको प्रतिवाद गरेको एक सचिवालय सदस्यले बताए। उनका अनुसार अन्य सदस्यले पनि पुनर्गठनको पक्षमा जमेर बहस गरेका छन्।

अर्को सचिवालय बैठक आगामी शुक्रबार बस्ने छ। सोमबारको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो। अर्को बैठकले केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार