logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

मिनबहादुरको जग्गा फिर्ता गर्ने एमालेको निर्णय


  • राजनीति
  • बिहिबार, जेष्ठ ७ २०८३

नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले अनुदानस्वरूप दिने प्रस्ताव गरेको कार्यालय भवन नलिने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकले गुरुङ दम्पत्तिको प्रस्ताव धन्यवादसहित फिर्ता गर्दै अब मदननगर, बल्खुमा नयाँ केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको हो।
सचिवालयमा प्रस्तुत प्रस्तावअनुसार, “कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवादसहित प्रस्ताव फिर्ता गर्ने तथा नयाँ कार्यालय भवन बल्खुमै निर्माण गर्ने” उल्लेख गरिएको छ।
यसअघि २०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले प्रस्तावित भवनको शिलान्यास गरेका थिए। तर भवन निर्माणको काम अगाडि बढ्न सकेको थिएन।
एमाले महासचिव शंकर पोखरेलले मदन–आश्रित दिवसको अवसरमा बल्खुस्थित मदननगरमै पार्टीको केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार