logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

चीनबाट आइपुगेको थप २७ टन राहत सामग्री रसुवा पुर्याउने तयारी


  • राजनीति
  • शुक्रबार, भाद्र १९ २०८३

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी) ले नेपालका बाढी प्रभावितको लागि पठाएको राहत सामग्रीको पहिलो खेप गएराति काठमाडौं आइपुगेको छ ।

चाइना साउदर्न एयरलाइन्सको पूर्ण सहयोगमा ल्याइएको उक्त राहत सामग्रीमा १७५ वटा त्रिपाल,एक हजार थान कम्बल, एक हजार थान कपासका ज्याकेट, एक हजार वटा आकस्मिक मानवीय राहत बाकस तथा छ हजार वटा शव व्यवस्थापनका लागि मेडिकल बडी ब्याग रहेको बताइएको छ ।

चिनियाँ उद्यमी तथा सर्वसाधारणको सहयोगमा संकलन गरिएको उक्त राहत सामग्रीको कूल तौल करिब २७ टन र मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको जनाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनअनुसार राहत सामग्रीलाई फाउन्डेसनले रसुवा जिल्लाको विपद् प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ।

राहत सामग्रीले विपद् प्रभावित स्थानीयवासीका लागि खाद्यान्न, कपडा, आवास तथा आवागमनलगायतका आधारभूत आवश्यकतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, उद्धार तथा आकस्मिक प्रतिकार्यमा खटिएका स्थानीय टोलीलाई सहयोग गर्नुका साथै विपदमा ज्यान गुमाएकाहरूको शव सुरक्षित, उचित र सम्मानजनक ढंगले व्यवस्थापन गर्न मेडिकल बडी ब्याग उपयोगी हुने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार