राजनीति
हेटौँडा– एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले श्रीमती र छोरीको हत्या आरोपमा पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटौंडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ ।भारत विहार घर भई हेटौंडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए ।
काठमाडौं – सोमबार नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी भएको छ ।
विधान संशोधन मस्यौदामाथि केन्द्रीय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिनसम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको छैन् ।महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको विधान मस्यौदा समितिले तयार पारेको प्रतिवेदन आजै बस्ने केन्द्रीय समितिले अनुमोदन गरेपछि छलफलका लागि महासमिति बैठकमा पेश गरिने छ
महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रीय समितिले पारित गर्नुपर्ने प्रावधान छ । आइतबार सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पदाधिकारीका विषयमा सहमति जुटाएको छ । विधानलाई सहमतिमा टुंग्याउँन गठित समितिका सदस्यहरुको अबेरसम्म बसेको बैठकले एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, दुईजना सहमहामन्त्री र एकजना कोषाध्यक्ष राख्ने सहमति जुटाएको हो ।
र बैठकमा सहभागी महासमिति सदस्यहरुले दुई दिनसम्म विधानमा छलफल गर्नेछन् । महासमिति बैठक ४ गतेसम्म चल्नेछ ।