logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्मला पन्तकी आमाले एसपी डिल्लीराज बिष्टसहित ८ जनाविरुद्ध हाले मुद्दा


  • राजनीति
  • बिहिबार, पुष ५ २०७५

निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले कञ्चनपुरका तत्कालीन प्रहरी एसपी डिल्लीराज बिष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।

किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न अपराधिको प्रमाण मेटाउने काममा प्रहरी सक्रिय देखिएकोले कारवाहीको माग गर्दै बालिका पन्तकी आमाले  बलात्कारपछि भएको हत्या काण्ड घटनाको अनुसन्धानमा खटिएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक बिष्ट, डीएसपी सहित ८ जनाविरुद्ध मंगलवार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रहरी उपरीक्षक कुबेर कठायतले मुद्दा दर्ता भएकाले कानून अनुसार नै आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने बताए । फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रहरीले हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको अनुसन्धानमा प्रहरीले नै प्रमाण नष्ट गर्ने गरी गम्भीर लापरवाही गरेको भन्दै उजुरी दिएकी हुन् । घटना साउन १० गते घटेपनि प्रहरीले हालसम्म पनि अपराधी पत्ता लगाउन सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार