logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

घुस रकमसहित म्याग्दीका सहायक वन अधिकृत पक्राउ


  • राजनीति
  • शुक्रबार, पुष ६ २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले डिभिजन वन कार्यालय म्याग्दीका एकजना कर्मचारीलाई पक्राउ गरेको छ।

डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुर सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले ३४ हजार घुसको रकमसहित रंगेहात पक्राउ परेका हुन्।

बेनी नगरपालिका ७ स्थित सबडिभिजन वन कार्यालयमा रहेको आवस गृहको पूजा कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै उनले सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय पोखराले जनाएको छ।

अख्तियारको टोलीले आवश्यक कारवाहीका लागि आजै अधिकृत ठाकुरलाई पोखरा लगेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार