logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ब्रेकिङ : कालिकोट सिंगो बस्तीमा भीषण आगलागी,८६ घर जलेर नष्ट “नियन्त्रण बाहिर”


  • राजनीति
  • सोमबार, पुष ९ २०७५

काठमाडौँ – कालिकोट सिंगो बस्तीमा भीषण आगलागी भएको छ ।आइतबार राति कालिकोटको पताला गाउँपालिका वडा नम्बर १ खाल्टेमा रहेको अकस्मात फैलिएको आगलागीका कारण ८६ घर जलेर पूर्ण रुपमा नष्ट भएको र आगलागी अझै नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

अहिले स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका र दमकल अभावमा आगो नियन्त्रणमा लिन कठिनाई भइरहेको छ ।

घटनास्थल प्रहरीचौकी रहेको स्थानबाट तीन चार घण्टाको पैदल दूरीमा रहेको छ । आगलागीका कारण मानवीय क्षति भने भएको छैन तर धेरै मात्रामा पशु चौपायाहरु मरेको प्रहरीले जनाएको छ ।

खरले छाएका घर रहेका बस्तीमा आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार