logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कालिकोटका अग्नि पीडितको लागी काठमाडौमा एकीकृत राहत संकलन


  • राजनीति
  • सोमबार, पुष ९ २०७५

कालिकोट जिल्लाको दुर्गम क्षेत्र पलाता गाँउपालिकाको वडा नं. १ खाडागाँउमा आगलागी हुँदा गाउँका सबै घरहरु जलेर ध्वस्त भएका छन् । आगलागीले सिङ्गो गाउँ जलेको छ भने गाउँलेहरू घरबारबिहिन बनेका छन् ।

काठमाडौमा विभिन्न पेशा व्यवसाय गरेर बसिरहेका कालिकोटका युवाहरुले पलताका अग्निपिडितको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् । पिडितलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यले उक्त अभियान सुरु गरिएको आयोजकले जानकारी दिएका छन् । आइतबार मध्याह्न काठमाडौको महाबौद्ध क्षेत्रबाट सुरु गरिएको अभियान सोमबार राजधानीमा थप राहत सामग्री संकलन गरेर कालिकोट पठाउने उनिहरुको तयारी छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त युके, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तिलकप्रसाद उपाध्याय, लगायत युवाहरुको अगुवाइमा राहत संकलन सुरु गरिएको हो । राहत संकलन अभियानमा काठमाडौमा बसिरहेका विद्यार्थी, व्यवसायी, पत्रकार, राजनीतिक नेताकार्यकर्ताको उपस्थिति रहेको छ ।

मध्यरातबाट सुरु भएको आगलागीका कारण ८७ भन्दा बढी घरहरु जलेका छन् भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार