राजनीति
आश तमु पोखरा – कालिका उमावि रामबजारका भूपू विधार्थीहरुले गठन गरेको हाम्रो सहयोगी हातहरु नामक सस्थाले ले दिपावली २०७५ सालको अवसरमा खेलिएको देउसी भैलोबाट संकलन भएको केही रकमबाट स्याङ्जा स्थान चौर स्थित श्री महेन्द्र जनसहयोग आधारभुत बिधालयलाई खेलकुद तथा जिन्सी सामनहरु प्रदान गरेका छन।
विधालयको वार्षिक उस्तस्वको अवसरमा विधालयमा अध्ययन रक्त ६५ जना विधार्थीहरुलाई ६५ थान न्यानो टोपी दुई थान फिल्टर २२ थान भलिवल र फुटवल र नेट प्रदान गरेको सस्थाका उपाध्य सरोज गुरुङले बताए।

कार्यक्रममा बोल्दै बिधालयका प्रअ बल बहादुर गोदारले युवाहरुको यो अभियानको उल्लेखनिय सहयोग पुगेको भन्दै आगामी दिनमा सस्थाको अझै हित होस भनेर शुभकामना दिएका थिय।
कालिका उमा बि लगाएत सामाजिक सेवामा चासो राख्ने युवाहरुले ओुर् हेल्प् हन्द् अस्सोकिअतिओन् नामक सस्थाको स्थापना गरेर आफ्ना गतिविधिहरु अगाडी बढाई रहेका छन । २०७५ सालमा खेलिएको देउसी भैलो बाट सस्थाले साढे एक लाख रकम संकलन गरेको सस्थाका कोषाध्य बिनोद गुरुङ्गले बताए।