logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मगर गाउँको कथा: सिटामोल किन्न दुईघण्टा, बिजुलीका पोल छ तर छैन तार


  • राजनीति
  • शनिबार, पुष १४ २०७५

दाङ– खोला किनारको बस्ती राजपुर गाउँपालिका वडा नम्बर ५ को महतिनिखोला, हिँडेरै जानुपर्छ । महतिनिखोलाका नागरिकहरुको दैनिकी कष्टकर छ दशरत घिमिरेले देश सञ्चारको लागी लेखेको समाचार हो यो।।

‘सामान्य ज्वरो आउँदा, रुघाखोकी लाग्दा चाहिने औषधि लिन दुई घण्टा पैदल हिँडेर गंगदी पुग्नु पर्छ । त्यहाँ पनि उपचार नभए लमही, बुटवल, नेपालगन्ज सम्म जानु पर्छ’स्थानीय युवा मनकुमार रानाले भने–‘हाम्रो जीवनयापन पशु सरह छ । सिकिस्त बिरामि हुँदा स्टेचर, खटिया, डोको खोज्नु पर्छ । सुत्केरी गराउन स्वास्थ्य चौकि सम्म पुर्‍याउन निकै दुःख छ । एम्बुलेन्स आउने सम्मको बाटो छैन् ।’

मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा ८० घरधुरीको बसोबास छ ।त्यसपछि अति विपन्न दलित र क्षेत्री जातीयताका नागरिकको बसोबास छ ।

‘सामान्य स्वास्थ्य सम्बनधी चेतना बाड्ने स्वास्थ्य स्वंमसेविका समेत हाम्रो गाउँमा राखिएको छैन् । सरकारले हाम्रो पीडा बुझेको छैन्’बुढाले भनिन् ‘चोट पटक लाग्दा, दुर्घटना हुँदा मल्हम पट्टि गर्न जानेको मान्छे छैन् ।’

बिजुलीका पोल  छ छैन तार

महतिनिया गाउँ लाई लक्षित गरेर विद्युत पु‍र्‍याउने कार्यक्रम राजपुर गाउँपालिकाले अघि सारेको छ । गत वर्ष महतिनिया गाउँको सिरान सम्म विद्युतका पोल गाडिएको छ । यी पोलमा तार टांग्न र विद्युत सूचारू गर्न बाँकी छ ।

गत वर्ष गाउँपालिकाको १२ लाख, स्थानीयको करिब १ लाख ७९ हजार जनश्रमदानबाट विद्युतको पोल गाड्ने काम भएको छ । स्थानीय नागरिक विद्युत नहुँदा सोलार, टुक्कि बत्तिको साहारामा गुजारा गर्दै आएका छन् । यो वर्ष तार विस्तारको लागि १० लाख रुपैयाँ बजेट रहेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए ।

यो पनि पढ्नुस : वर्षौदेखिको विवाद साम्य

नेपालगञ्ज  बाँकेको नेपालगञ्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ ।

हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकको नक्साङ्कन, मुआव्जा विवाद र निर्माणकार्यमा देखिएको अवरोध सहमतिका आधारमा साम्य पारिएको हो ।

प्रदेश नं ५ का सांसद कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाह, वडा नं ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, स्थानीय जग्गाधनी, समूहका सदस्यसमेतको उपस्थितिमा जग्गा अधिग्रहण, मुआव्जा र नक्साङ्कनका विषयमा सहमति कायम भएपछि विवाद साम्य भएको हो ।

सम्वाद समूहको पहलमा भएको सर्वपक्षीय सहमतिपछि अब निर्माणकार्यले गति लिने विश्वास गरिएको छ । विवाद नभएका क्षेत्रमा भने यसअघि नै सडकमा कालोपत्र गर्ने काम शुरु भइसकेको छ ।

हाल चालू सडकलाई नै कायम राख्ने गरी निर्माणकार्यलाई अविलम्ब सञ्चालन गर्ने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको जग्गा (व्यक्तिगत) फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालू सडकमा पर्ने जग्गाको मुआव्जा दिन लिखित सहमति गरिएको छ ।

नेपाल सरकारकै लगानीमा बन्न लागेको योजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर विसं २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माणकार्य २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ । बाँकेको हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कम्पनीको नाममा रहे पनि पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति निर्माण कम्पनीको जिम्मा लगाएको थियो ।, १४ पुस (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार