राजनीति
कञ्चनपुर- कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको वलत्कार पछी हत्या गरेको भन्दै प्रकाउ परेका प्रदिप रावल र विशाल चौधरी २४ दिन थुनामा बिताएर बुधबार रिहा भएका छन।
साउन ९ गते घटनास्थल क्षेत्रमा रहेको कुखुराको मासु पसलमा चोरी भएको घटनामा दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
निर्मला पन्त साउन १० गते बिहान ११ बजे घरबाट निस्किएकी उनी बेपत्ता भएकी थिइन् । त्यसको भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।
साउन १० गते बिहान प्रदिप रावललाई नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छाडिएको कञ्चनपुरको ईलाका प्रहरी कार्यालय सालघारीले प्रहरी रेकर्डले देखाएको छ ।
उनकै बयानका आधारमा चोरी अभियाेगमा सोही साँझ बिशाल र दिनेश चौधरी पक्राउ परेका थिए । प्रदिपलाई प्रहरीले चोरी कार्य नगरी सुध्रनका लागि सम्झाई बुझाई पठाएको थियो ।
प्रदिप रावलले बिभिन्न समाचार प्रतिनिधि सङ्ग कुरा गर्दै हिरासतको क्रममा आईजिपी सर्बेन्द्र खनाल आफै आएर सबिती बयानका लागी धम्काउदै गरेको पनि बताएका छन। बयान लिने समयमा आइजिपी, डिआइजी र डिएसपी उपस्थित थिए। ‘घटना तिमेरुले गराएका हौ भन्ने सब थाहा भइसकेको छ। सत्य थाहा भइसकेको छ। झुटो नबोल्। हामी तिम्रै मुखबाट सुन्न चाहन्छौं’, महानिरीक्षक खनालकाे डायलग स्मरण गर्दै प्रदीपले सुनाए।
‘मैले गरेको कामलाई गरेको भन्छु, नगरेको कामलाई कसरी गरेको भन्नु भनेँ। आइजी सरले बाबु तिमी झुट नबोल। मेरो अघि ढुंगा त बोल्छ भनेर फेरि भन्नुभयो’, उनले नेपालखबरसँग भने, ‘मसँग धेरै समय पनि छैन।’ हिरासतमा लिएपछि प्रहरीले साबिती बयानका लागि आफूलाई यातना, धाकधम्की र प्रलोभन दिएको उनको भनाइ छ।