logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरामा एक महिलाले पृथ्वीचोकैमा लगाए आफैंलाई आगो


  • राजनीति
  • सोमबार, पुष १६ २०७५

पोखरा-  पोखरामा एक महिलाले अस्पताल अगाडि आफैंलाई आगो लगाएकी छिन् ।

पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएर जल्ने प्रयास गरेकी हुन् । आफैंलाई आगो लगाएर महिला बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए ।

उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको फोटो खिचेका प्रत्यक्षदर्शी सुरज गुरुङका अनुसार उनी भारतीय महिला हुन् । उनले आफैंलाई किन जलाइन् भन्ने खुलिसकेको छैन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार