logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराको गाईघाटमा एक व्यक्ति मृत अवस्थामा फेला


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

पोखराको गाईघाटमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतकको उमेर करिब ३० वर्ष अनुमान गरिए पनि पुरा परिचय भने अझैसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्युको कारण खुल्न नसके पनि गए राति दिप १६ को भिरबाट हाम फालेर आत्म हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

चौधरीले आज सांसद पदको शपथग्रहण

प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गर्नुभएको छ ।

सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुनुहुन्छ ।

शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गर्नुभएको थियो । उहाँलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गर्नुभएको थियो ।

सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताउनुभयो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार