logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराको चरक मेमोरियल हस्पिटलमा कार्यरत डा. कुटिए


  • राजनीति
  • शुक्रबार, पुष २० २०७५

पोखरा-पोखराको चरक मेमोरियल हस्पिटल प्रालिमा कार्यरत एक डा कुटिएका छन।
जनरल सर्जन डा ऋषिराम ढकाललाई सञ्चालक अस्पतालका सेयर सदस्य रामचन्द्र रेग्मीले कुटेको खबर छ ।

प्रहरीले डा। ऋषिरामलाई कुटेको अभियोगमा रामचन्द्र रेग्मीलाई नियन्त्रणमा लिएर छाडेको छ ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले अस्पताल भित्रकै कुरा हो हामी मिलिसके भने पछि छाडेको बताए । संस्थाको बैठक बसी कुरा मिलाउने दुवै पक्षले प्रतिवद्धता जनाएकाले बिहीबार बिहान उनीहरुलाई छाडिएको बताए । अत्याधुनिक भवन निर्माण गरिरहेको र यसैको निर्माणको लागि केही महिनादेखि सञ्चालकहरुबीच विवाद छ ।

स्रोतकाअनुसार पार्किङको बाहानामा डा। ढकाललाई पिटिए पनि मुख्य कारण अरु नै रहेको छ ।

अस्पतालले सञ्चालन गर्नुपर्ने पक्षमा अस्पतालका ११ सञ्चालक छन् ।

रामचन्द्र, कपिल र डा। बद्रि पौडेल भने अहिलेकै सञ्चालकहरुलाई ल्याब, एक्सरे, फार्मेसी सञ्चालन गर्न दिनुपर्ने पक्षमा छन् । ल्याब, फार्मेसी, एक्सरे आदिबाट हुने ठूलो कमाइमा कुरा नमिल्दा यो घटना भएको हो । अस्पतालका अध्यक्ष जगन्नाथ गौतमले परिवार भित्र कै छलफल भएको बताए । उनले बिहीबार बोड बैठक राखेर समस्याको समाधान निकाल्न लागेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार