राजनीति
चर्चित पत्रकार रवि लामिछानेले तेस्रो बिबाहका लागि पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद गरेका छन । उनले गत मंसिरमा २५ वर्ष पहिला बिबाह गरेकी श्रीमति इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका हुन । अमेरिकामै दुर्इ वटी श्रमिति राखेर बसेका रवि लामिछाने श्रीमितिहरूकै तनावका कारण नेपाल अाएको पनि खुलासा भएको “दैनिकी डटकमले लेखेको छ ।
लामिछनेको पहिलो श्रीमतिको रुपमा रहेको भनिएको इशा लमिछनेले ५ बर्षअघि रवि र ईशाको बिहे भएको उनको भनाई छ । २३ बर्ष र १५ बर्षका दुईवटी छोरी ईशासंगै छन् । “मलाई झुक्काएर र दबाब दिएर अस्ति मंसिरमा डिभोर्स गरायो । उसको दबाबका कारण म नेपाल आएर डिभोर्स पेपरमा साईन गरेर मंसिरको १० गते अमेरीकाका लागि उडेँ ।” उनले थप प्रष्ट पारिन फोनमा “दैनिकी डटकमले लेखेको छ।
रवि लामिछानेले आफुलाई मात्र नभई अरु महिलालाई पनि बबार्द पारेको उनको दावि छ । “मसंगै हुँदा पनि उस्ले अरु दुईवटा महिलाहरु राखेको थियो । एकजना अमेरीकी महिलाको नाम लैला सर्जाद हो । त्यो महिलातर्फ पनि रविको एउटा छोरो छ ।उनले भनिन ” “म संग डिभोर्स गरेकै बेला निकिता पौडेलसंग ईङ्गेजमेन्ट गरेको छ ।”
निकिता पौडेल अर्थात चलचित्र विकास बोर्डकी अध्यक्ष, उनका वुवा उद्धव पौडेल गोपिकृष्ण हलका मालिक ।