राजनीति
तनहुँको घिरिङ गाउँपालिका–३ स्थित सुन्धारा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान धुलाम्य अवस्थामा । प्रहरी कार्यालयको जिपको पछाडि बसेर सुरक्षा प्रदान गर्ने प्रहरीलाई ग्रामीण सडकमा सास्ती हुने गरेको छ । तस्बिर : कृष्ण न्यौपाने,
मानव कल्याण समाजलाई सांसद बस्नेतद्वारा सहयोग
प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मानवीय सेवामा समर्पित चाँगुनारायण– ७ यातु महादेवमा सञ्चालित मानव कल्याण समाज सेवाघरलाई नगद रु ५० हजार र एक हजार थान पुस्तक प्रदान गर्नुभएको छ ।
सांसद बस्नेतले सेवा घरकी अध्यक्ष सुमित्रा चौलागार्इंलाई नगदसहित प्रतिपुस्तक रु ६५० मूल्य पर्ने रु छ लाख ५० हजार मूल्य बराबरको उहाँ आफँैले लेख्नुभएको ‘म महेश’ नामक एक हजार थान पुस्तक प्रदान गर्नुभएको हो ।
मानवीय आस्था नेपालका संस्थापक एवं संरक्षक सांसद बस्नेतले मानवीय आस्था नेपालको तर्फबाट रु ५० हजार र व्यक्तिगत तर्फबाट पुस्तक प्रदान गर्नुभएको हो ।