logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आयल निगमका पूर्व निर्देशक खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • राजनीति
  • सोमबार, पुष २३ २०७५

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले विशेष अदालतमा खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोग सहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।अख्तियारले आरोप पत्रमा १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको माग गरिएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भराउन माग गरेको छ।

यस्तै, उनले अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको मागदाबी अख्तियारले गरेको छ। दशीको रूपमा ८९ लाख ८९ हजार रुपैयायाँ विशेष अदालतमा नगदै दाखिला गरेको थियो।

अख्तियारले खड्काले अवैध रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा लुकाएको आरोप लगाएको छ।

सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार