राजनीति
इलाम – डा, केसीले इलाममा १६ औ सत्याग्रहको तयारी थालेका छन । संसद सचिवालयले डा। गोविन्द केसीसंग बिगतमा भएका सहमति अनुसारको चिकित्शा शिक्षा बिद्यक पारित नगरेपछि सत्याग्रहको तयारी थालेका हुन।
आज अपराह्न ४ बजे सम्मको डा। केसीले सरकारलाई समय दिएका थिए । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै सत्याग्रह बस्दै आएका डा।केसीले केहिबेरमा इलाममा सत्याग्रह बस्ने तयारी गरेका हुन् ।
गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समय सम्म पनि संसोधन नभएपछि १६ औं पटक सत्याग्रह बस्ने तयारी भएको हो ।
हिमपातपछि जनजीवन प्रभावित
जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ ।
हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।
हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ ।