logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मेयरका दाईको घरमा कन्चटमा पेस्तोल राखेर लुटपाट


  • राजनीति
  • बिहिबार, पुष २६ २०७५

सिरहा – हतियारधारी समूहले कल्याणपुर नगरपालिका-३ स्थित इटारीप्रसाही गाउँमा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका दाई रामदेव मण्डलको घरमा लुटपाट गरेका छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलले कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका दाई रामदेव मण्डलको घरमा लुटपाट भएको जानकारी दिए। प्रहरीका अनुसार लुटेराले रामदेवको कन्चटमा पेस्ताल तेर्साएर लुटपाट गरेका थिए।

१०-११ जनाको समुहमा आएका लुटेराहरुले मण्डलको घरबाट १८ तोला सुन, ४० हजार नगद, तमसुक कपाली र केही तोला चाँदी लुटपाट गरेको डिएसपी खरेलले बताए।

कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय

जुम्ला- प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुटेका छन् ।

कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजनाबमोजिम प्रदेश सरकारल बुधबार जुम्ला कारागारमा पुस्तकालयका लागि पुस्तक सङ्कलन अभियान शुरु गरेकोे हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार