राजनीति
पोखराको वडा नं १५ कि एक किशोरीले आँफूमाथि विभिन्न बहानामा धम्क्याउँदै बारम्बार बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीमा एक यूवक विरुद्ध किटानी जाहेरी दिएकी छिन ।
पोखरा १५ कि १९ वर्षीय रविना (परिवर्तित नाम) ले आँफूलाई पोखरा १५ स्यानीपाटन बस्दै आएका नसिब गुरुङले असैह्य र निर्मम व्यवहारका साथ बारम्बार बलात्कार गरेको आरोप सहित जाहेरी दिएकी हुन् । गुरुङले विभिन्न प्रलोभन देखाएर खिचिएका आफ्ना नग्न तस्विरहरु सामाजिक सञ्जालमा राखेर बेईज्जत गरिदिन्छु भन्दै धम्क्याएको समेत पीडित किशोरीले बताएकी छिन् ।
अहिले नशिव परिवारको सम्पर्कमा नरहेको बताइएको छ । उनको विरुद्धमा किटानी जाहेरी परेपछि खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।