logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आज देखी पोखरा महोत्सव ! जाने होइन त ?


  • राजनीति
  • शुक्रबार, पुष २७ २०७५

पोखरा –  आजदेखि नवौं संस्करणको पोखरा महोत्सव  शुरु हुदैछ । आयोजक युनाइटेड क्लवले  माघ ८ गतेसम्म अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

महोत्सव आयोजक मुल समारोह समितीका संयोजक तथा क्लवका अध्यक्ष लालकाजी गुरुङले  महोत्सवको आज १२ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने जानकारी दिए ।

नवौं संस्करणको पोखरा महोत्सवमा यस पटक युनाइटेड क्लवको पहलकदमीमा पोखराको लेखनाथ पचभैयामा निर्माणधिन ज्योलोजिकल पार्कको अवलोकनको व्यवस्था मिलाइने भएको छ ।

महोत्सव अवधिभर विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको वारेमा जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा विक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत गण्डकी प्रदेशमा रहेको पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला र बाल उद्यानका गतिविधीहरु सञ्चालन हुने छ ।

त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, कोमल वली, रामजी खांड, राधिका हमाल, प्रीति आले, ज्योती मगर, राजु गुरुङ, प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जीवन दाहाल लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छनभने राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरु दीपक बज्राचार्य एण्ड द रिदम ब्याण्ड, पुष्पान प्रधान, लाहुरे, द एक्स, सविन राइ एण्ड द फेरो, भीटेन, मेलिना राई, त्रिष्णा गुरुङ, द एज ब्याण्ड, सुशान्त केसी र लोकल ब्याण्डहरुको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा सर्वसाधारणलाई ८० र विद्यार्थीलाई ६० रुपैयाँ टिकटदर कायम गरिएको छभने अपाङ्ग, बृद्धबृद्धा, एकल महिला, पत्रकार र सुरक्षा निकायलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

स्थापना कालदेखि युनाइटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमीसंगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार