राजनीति
काठमाडौं- काठमाडौं परिसरको विशेष टोलीले सक्कली डिएसपीको नाम लिएर होटलमा बस्ने नक्कली डिएसपी पक्राउ गरेका छन् । नेपाल प्रहरीको वहालवाला डिएसपी भनि परिचय पत्र देखाई धाक रबाफ देखाई अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोट निवासी वर्ष ३५ को अनिल थापालाई विशेष सूचनाको आधारमा बिहिबार पक्राउ गरेको हो ।
तिरुपति होटलको रुम नम्बर २०३ मा विगत १४ दिनदेखि कमलादी स्थित बसेका थापाले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टहरूमा समेत डिएसपी हुँ भन्दै धाक धम्की दिदै हिडेको थिए ।
विशेष सूचनाको आधारमा विशेष टोलीले बिहिबार राति उनलाई होटल तिरुपतिबाट पक्राउ गरेको हो । थापाको बिषयमा थप अनुसन्धान भईरहेको काठमाडौं परिसरले जनाएको छ ।