logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराको पालिखेचोक यस्तो बन्दै छ हेर्नुस…….


  • राजनीति
  • शनिबार, पुष २८ २०७५

पोखरा- पोखराको पालिखेचोक चाक्लो बनाएपछि त्यसलाई ब्यवस्थित बनाउन महानगरले डिजाइन बनाएको छ। महानगरले सडक र त्यसको सुन्दरताका लागि टेण्डर निकालिसकेको छ । मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले ४१ लाख रुपैयाँ स्टिमेटमा टेण्डर निकालिएको जानकारी दिए ।

टेण्डरका लागि १ महिनाको म्याद छ । टेण्डरबाट ठेकेदार आएपछि तत्कालै काम सुरु हुने बताईएको छ । महानगरले दुई महिना अघि जग्गा र घरधनीलाई मुआब्जा दिएर चोक फराकिलो पारेको थियो ।

हाल त्यस क्षेत्रमा गाडी पार्किङ गर्न थालेका छन् । यद्यपी चोकको डिजाईन सहित अहिले टेण्डर निकालिसकिएको पोखरा ४ का वडाध्यक्ष तथा चोक ब्यवस्थित गर्ने अभियानका संयोजक शंकर बास्तोलाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार