logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आमा–छोरी १ लाख रुपैयाँ घुससहित पक्राउ


  • राजनीति
  • मंगलबार, माघ १ २०७५

काठमाडौं– कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमार पन्थी १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

सहायक रजिष्ट्रार गीता कुमार पन्थी कम्पनीको रुपमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर छुट गराइदिने भन्दै १ लाख रुपैयाँ लिएको अवस्थामा पक्राउ परेकी हुन् ।

अख्तियार दुरुपयोग टंगालस्थित कार्यालयबाट खटिएको टोलीले घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा पन्थीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

घुस लिएको रकम पन्थीले आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएकी थिइन् । दुवैजनालाई काठमाडौं–१४ स्थित एनएमबी बैंकको पार्किङबाट मंगलावर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार