राजनीति
इलाम- प्राध्यापक डा। गोविन्द केसीले सास फेर्न गाह्रो भएको बताएका छन्। सोह्रौं अनशनका क्रममा बिरामी भएपछि इलाम जिल्ला अस्पतालमा उपचाररत छन।आज (मंगलबार) बिहान स्वास्थ्य परीक्षण गर्ने क्रममा डा। केसीले आफूलाई सास फेर्न गाह्रो भएको बताएको जानकारी दिएका हुन्।
डा केसीको मुटुको चाल अझै अनियमित नै छ भने अक्सिजनको मात्रा पनि कम छ। ‘बिहान ९ बजे उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।बिहान सवा ५ बजेको रिपोर्टअनुसार डा। केसीमा अक्सिजनको मात्रा ८० प्रतिशतमा झेरको छ। यो भनेको खराब अवस्था हो। सामान्य अवस्था ९५ प्रतिशत हो।
डा। केसीमा मांशपेसी दुख्ने तथा बटारिने समस्या पनि देखापरेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। गत साेमबारदेखि अस्पताल भर्ना भएका डा।केसीलाई ‘नर्मल’ स्लाइनपानी र अक्सिजन दिने क्रम जारी छ।चिकित्सकका अनुसार डा। केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको छ भने आईसीयू चाहिने बेला भइसकेको छ। तर जिल्ला अस्पतालसहित इलामका कुनै पनि स्वास्थ्य संस्थामा आईसियू छैन।
राष्ट्रिय चिकित्सा विधेयकका विषयमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इलाममा गएर डा।कसीले पुस २५ गते अपराह्न १६औं सत्याग्रह सुरु गरेका थिए।