राजनीति
लप्सी टिप्ने क्रममा रुखबाट खसेर कास्कीको अन्नपूर्ण गाउँपालिका—५ गिरीचोकमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ४४ वर्षीय देवेन्द्र गिरी रहेका छन्।
घर नजिकै जंगलको रुखमा लप्सी टिप्ने क्रममा सोमबार दिउँसो उनी रुखबाट खसेर गम्भीर घाइते भएका थिए। घाइते गिरीलाई उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।