logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

धुपको बट्टामा १४ किलो चरेस हङकङ पठाउन खोज्दा यसरी फसिन सुन्दरी


  • राजनीति
  • बुधबार, माघ २ २०७५

काठमाडौं – प्रहरीले बुधबार एक युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हङकङ लै‍जान लागेको चरेससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट थिसाङ -८ की २९ वर्षीया कान्छीमाया घले रहेकी छन्।

घलेलाई सुन्धारास्थित गोसारा हुलाक कार्यालयबाट हङकङ पठाउन चरेसको तौल नापिरहेकै बेला लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कान्छीमायाले बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने कपडामा हुलाकमार्फत् धुपसँग बेरेर १४ किलो चरेस हङकङ पठाउन लागेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको अमात्यको भनाइ छ।

प्रहरीले उनको साथबाट १४८ प्याकेट धुपको बट्टाभित्र १४ किलो चरेस भेटेको हो। सामान्य परिवारकी कान्छीमाया केही वर्षदेखि उपत्यकाका विभिन्न डान्सबारमा नर्तकीको रूपमा काम गर्नेसमेत खुलेको प्रहरीले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार