आश तमु ,सिक्लेस-कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा माघे संक्रान्तिको अवसर पारेर खुल्ला रुपमा आयोजना गरेको ठेलोछेलो प्रतियोगीताको उपाधी कास्की रुपा गाउँ पालिका ७ (तालवेशी)निबासी बासु गुरुङले हात पारेका छन।
१२ पाउण्डको ठेलोलाई ६५.१० फिटको दुरीमा पुर्याई बासु गुरुङले यस वर्षको उपाधी आफ्नो हातमा पारेका हुन। जित सङ्गै बासुगुरुङले ४० हजार नगद प्रमाण पत्र पाएका छन। त्य्सै गरी स्याङ्जा निवासी गुरुङ चलचित्रकर्मी राजेश गुरुङले ६२.९ फिटको दुरीमा पुर्याई द्दितिया हुनुभएको छ। उनले ३० हजार नगद पाएका छन।
लोपोन्मुख अवस्थामा रहेको परम्परागत ठेलोछेलो प्रतियोगीतालाई सिक्लेस सभाथर परिवारले निरन्तरता दिदै आएको हो ।
विशेष गरेर माघे संक्रान्तिमा स्थानिय तिर्थस्थलहरु “म्हउदु” र “फैमक्यु” मा स्नान तथा पुजाआजा गर्न आउने पाहुना तथा स्थानियहरुकै मनोरन्जनका लागी तत्कालीन समयमा सुरु भएको खेल हाल खुल्ला प्रतिस्पर्धाका रुपमा संचालन भई रहेको छ ।
दुवै जनालाई आयोजक सभाथर परिवारवाट नगद प्रमाणपत्र र फुलमालाले सम्मान सहित गाउँ परिक्रमा गरि सभाचोकमा भब्य सम्मान गरिएको छ।