राजनीति
गाउँपालिका क्षेत्र भित्रका सडकको स्तरोन्नति कार्य कास्कीको अन्नपूर्ण गाउँपालिकाले शुरु गरेको छ ।गाउँपालिका अध्यक्ष युवराज कुँवरले चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका सडकको स्तरोन्नति कार्य थाल्ने लक्ष्यअनुरूप बजेट समेत
विनियोजन गरिएको जानकारी दिँदै सडकको स्तरोन्नति कार्य अघि बढिसकेको बताए ।
ढे दुई दशकदेखि अलपत्र बलेवा विमानस्थल सञ्चालनका लागि भन्दै विगत एक वर्षअघि काटिएका रूख अलपत्र परेका छन् ।
स्तरोन्नति गर्न लागिएका सडकमध्ये नयाँ पुल हुँदै घान्द्रुक जोड्ने सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख छुट्याएको छ भने अन्य अधिकांश सडकका लागि गाउँपालिकाले नै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले काँडे हुँदै सल्यान जोड्ने ११ किमि. सडकका लागि रु ७० लाख छुट्याएको छ भने वीरेठाँटी हुँदै उल्लेरी जोड्ने १६ किमि सडकका लागि रु ४५ लाख विनियोजन गरिएको छ ।
लुम्ले घुम्ती हुँदै लान्द्रुक पुग्ने २२ किमि सडकका लागि ४० लाख छुट्याएको गाउँपालिकाले ढिकुरपोखरी धारपानी हुँदै देउराली जोड्ने नौ किमि सडक, नागडाँडा हुँदै कार्कीको तहरा जोड्ने १५ किमि. सडक र नागडाँडा हुँदै सेराचौर जोड्ने ११ किमि सडकका लागि रु २५-२५ लाख छुट्याइएको छ ।
भौगोलिक अवस्थिति समेतका आधारमा सडकका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष कुँवरले प्रदेश सरकारको सहयोगमा स्तरोन्नति हुने सडकका लागि गाउँपालिकाको ३० प्रतिशत सहभागिता हुने बताए । गाउँपालिकाको बजेटबाट स्तरोन्नति हुने सडककका लागि २० प्रतिशत स्थानीय सहभागिता रहने उनले जानकारी दिए ।
बलेवा विमानस्थल सञ्चालन गर्न काटिएका रुख अलपत्र
सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ । लिएर कटान गरेपछि त्यसको तथ्याङ्क बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजश्व तिर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन सकेको छैन् । आन्तरिक रूपमा खपत गर्ने भए सामुदायिक वन उपभोक्ता समितिले आम भेला गरेर उपयोग गर्ने नीति बनाउनुपर्ने प्रावधान छ । तर, एक वर्षअघि बलेवास्थित विमानस्थल सञ्चालनका लागि भन्दै काटिएका रूख अझै छरपष्ट छाडिएका छन् ।