logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विध्यवासिनी कास्कीकोटका स्थानीय,सडकको मापदण्ड बढाउन लागेको भन्दै आन्दोलीत


  • राजनीति
  • आइतबार, माघ ६ २०७५

पोखरा- पोखराको विध्यवासिनी, सराङकोट, कास्कीकोट, अन्नपुर्ण गाउँपालिका मोटरबाटोमा जनतासगँ छलफल नै नगरी मापदण्ड तोक्न खोजेको भन्दै स्थानीय आन्दोलीत भएका छन् ।

उनीहरुले सर्घष समिति समेत गठन गरेका छन् । विन्ध्यवासिनी देखी नौ डाडाँ सम्मको सडकको मापदण्ड अहिले सकड विभागको सेन्टरबाट ५ ५ मिटर भए पनि महानगरले सेन्टरबाट १० १० मिटर र थप दुई दुई मिटर नालाका लागि मापदण्ड तोक्न लागेको भन्दै सर्घष समिति गठन गरेका हुन् । सर्घष समितिको अध्यक्ष रामचन्द्र त्रिपाठी रहेका छन।

चेतकुमार श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले समिति गठन गरेको हो । सर्घष समितिले पोखरा महानगरपालीका, वडा नम्वर १, १८, २४ र अन्नपुर्ण गाउँपाललिकालार्इ आफ्ना मागहरु सहित ज्ञापनपत्र दिने र थप सर्घषका र्कायक्रम राख्ने जनाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार