logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रवि लामिछाने र निकिता पौडेलले किन गरे सुटुक्क बिहे


  • राजनीति
  • सोमबार, माघ ७ २०७५

काठमाडौं –टेलिभिजनकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बिहे गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा दुवैले सोमबार मध्यान्न ‘कोर्ट म्यारिज’ गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत निकिता र रविले आफ्नो विवाहको खबर सार्वजनिक गरेका हुन् ।‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ ’ सामाजिक सञ्जाल विवाह सार्वजनिक गर्दै रविले लेखेका छन् ।

बोर्ड अध्यक्ष पौडेलले पनि रविसँगको सत्य भएको बताएकी छन् । ‘हामीले बैशाखमा मात्र विवाह गर्ने योजना बनाएका थियौँ,’‘हाम्रो बारेमा बजारमा चलेको विभिन्न हल्लाले यो निर्णय हतारमा लिन बाध्य भएका हौ ।’ निकिताले भनिन्,

वैशाखको तेस्रो साता पौडेलले परम्परागत रुपमा विवाहको योजना गरेको सुनाइन् । उनले थपिन् ‘विवाह भोज सबैलाई खुवाउँछु ।’

रवीको पूर्वश्रीमती इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद र पौडेलको प्रेमको चर्चा केही साताअघि मात्रै चलेको थियो । तर उक्त समय दुवैले प्रेमको विषयमा खुलेर बाहिर चर्चा गर्न चाहेनन् ।

‘रविसँग तपाईंको लामो समयदेखि प्रेम रहेको थियो हो ?’ भन्ने प्रश्नमा निकिलताले भनिन्, ‘बाहिर आएजस्तो हाम्रो प्रेम सम्बन्ध थिएन । हामी दुवै एक्लै थियौँ । आफन्तले विवाहको प्रस्ताव ल्याए । हामीले पनि उचित ठानेर स्वीकारेका हौँ ।’

निकिताले आफ्नो विवाहमा परिवारको समेत सहमति भएको बताएकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार